Mero Nepal

Mero Nepal a song by Raju Lama-mongolian Heart on Foxsoundi — Free Music, Smart Streaming for Everyone

Mero Nepal by Raju Lama-mongolian Heart

Mero Nepal Lyrics

तिमीलाई म भुल्न सक्दिन
जहाँ जाउँ, तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड भन्ज्याङ्गले
मलाई बोलाई रहन्छ

तिमीलाई म भुल्न सक्दिन
जहाँ जाउँ, तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड भन्ज्याङ्गले
मलाई बोलाई रहन्छ

मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो

डाँडा काँडा, हरियाली यहाँ, आगनै भरि
लालीगुराँस, चाप-चमेली फुल्छ थरीथरी
डाँडा काँडा, हरियाली यहाँ, आगनै भरि
लालीगुराँस, चाप-चमेली फुल्छ थरीथरी
खोलानाला, झरनाको मिठो सुसेली
आइरहन्छ यो मनमा झल्झली
आइरहन्छ यो मनमा झल्झली

मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो

सगरमाथा शिर बनि, यहाँ उभिएको छ
करोडौँ मुटु माझ तिनी, सझिएको छ
सगरमाथा शिर बनि, यहाँ उभिएको छ
करोडौँ मुटु माझ तिनी, सझिएको छ
बीर महात्मा, बुद्ध जन्मिएको देश
मलाई प्यारो-प्यारो लाग्छ, आफ्नै स्वदेश
मलाई प्यारो लाग्छ आफ्नै स्वदेश

मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो

तिमीलाई म भुल्न सक्दिन
जहाँ जाउँ, तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड भन्ज्याङ्गले
मलाई बोलाई रहन्छ

मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो

From the album: Mongolian Heart-4